सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका स्वकीय सचिवालय सदस्य धर्मराज शाही (लोकेन्द्र)को पहल र सुर्खेतमा रहेको बोहोरा फार्मेसीको सहयोगमा स्वास्थ्य सामाग्री जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई हस्तान्तरण गरिएको हो ।
मंगलबार बोहोरा फार्मेसीका अहेब बिशाल बोहोराले जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज एसपी राजेन्द्र प्रसाद भट्ट र डिएसी रामप्रसाद घर्तीलाई २० पिस एन नाइन्टी फाइभ मास्क, ५ सय पिस मेडिकल मास्क र २० लिटर सेनिटाइजर प्रदान गरेका हुन् । युवा नेता शाहीले यसअघि हुम्लामा पनि स्वास्थ्य सामाग्री पठाउन पहल गरेका थिए ।
0 Reviews
