नेकपामा दुई अध्यक्षको नयाँ रणनीति, अस्थायी ‘युद्धविराम’ नेपाल पक्षको शङ्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा छलफलको नयाँ रणनीति अपनाउँदै अस्थायी ‘युद्धविराम’ गरिएको छ ।दुई अध्यक्षले एकल छलफल गर्ने र आवश्यक परे मात्रै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललाई सहभागी गराउने सहमति भएको छ ।

हिजो सोमबारबाट नै एकल सम्वादको पहल सुरु भएको छ । आज पनि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकल छलफल गर्नु हुनेछ ।

छलफलमा समस्या समाधानका लागि निकास निकाल्न असहज भएपछि सहयोगीलाई समेत बाहिर राखेर एक्लाएक्लै आमनेसामने बस्ने सहमति दुवै अध्यक्षबीच भएको हो । यसअघिका आपसी छलफलमा दुवै पक्षका अन्य सहयोगी नेताहरू सहभागी हुँदै आएका थिए ।

दुवै पक्षले अस्थायी युद्धविराम गर्दै वार्ताको बाटो रोजेपछि पार्टी स्थायी कमिटि बैठक फेरि भोलि बुधबारसम्मको निम्ति सारिएको छ । दुई अध्यक्षको नयाँ रणनीतिक छलफलमा नेता माधवकुमार नेपाल पक्षले भने शङ्का व्यक्त गरेको छ ।

0 Reviews

Write a Review

Vinkmag ad

Read Previous

जसपाले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय

Read Next

कालिकोटको शुभकालिका गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २४ जना घर फर्किए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =