काठमाडौं । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काष्न गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी निर्णय गरिएको प्रचार विभाग प्रमुखले जानकारी दिए।
पार्टीका उच्च स्रोतअनुसार सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको राजमार्गलाई बताए।
कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले फरकमत राखेकी थिइन्।
0 Reviews
