डोल्पा देशले १३ औँ गणतन्त्र दिवस मनाई रहदा गणतन्त्रको लागि लामो समय लडेका जेल जिवन बिताएका डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने ९बबर०ले भरीमा हामफलेर आत्महत्या गरेका छन । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा भेरीमा हाम फालेर आत्महत्या गरेका हुन ।
जनयुद्धको सुरुवात देखि नै पुर्णकालिन कार्यकर्ता भएर हिडेका बबर सुर्खेत जेल ब्रेकका एक हुन । सबै सम्पती पार्टीकरण गरेर सुकुम्बासी भएका बबर बिरामी समेत थिए ।
उपचारको लागि केहिसमय अगाडि कर्णाली प्रदेश सरकारसंग अनुरोध समेत गरेका थिए । तर उनलाई प्रदेश सरकारले बेवास्ता गरेको थियो । उमेरले ६० पार गरेका बबर बुधबार भेरीमा नदिको किनारमा कपडा लठी राखेर हाम फालेको स्थानीयले बताएका छन । उनि पछिल्लो समय निक्कै उतारचढाबमा रहेको समेत बताइएको छ । उपचारको लागि कर्णाली प्रदेश सरकारसंग अनुरोध गर्दा समेत नगरेका कारण बिक्षिप्त भएको बताइएको छ ।
लामो समय शारीरीक हिसाबले बिरामी परेका चलाउनेको केहि समय अगाडि श्रीमतीको निधन भएको थियो । श्रीमतीको निधनपछि उनि छोरीको घरमा बस्दै आएका थिए । उनका दुइवटी छोरी डोल्मा र शान्ति रहेका छन ।
0 Reviews
