सुर्खेत कर्णाली प्रदेशसभाका संसदीय समितिहरुको निर्वाचन हुने भएको छ । ‘मिनी पार्लियामेन्ट’ भनेर चिनिने संसदीय समितिहरु गठन भएको २७ महिनापछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विषयगत समितिहरुको बैठक अहिलेसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ । संसदीय समितिहरुको अध्यक्षका लागि यही असार २८ गते निवार्चन गर्ने तय भएको छ ।
बिहीवार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी असार २८ गते दिउँसो १ बजे समितिका अध्यक्षहरुको निर्वाचन हुने जनाएको छ । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसार समितिको अध्यक्ष पदको निर्वाचन गर्न लागिएको सचिवालयले जानकारी दिएको छ ।प्रदेशसभा नियमावलीको नियम १४८ को उपनियम ३ सँग सम्बन्धित अनुसूची ४ बमोजिम ढाँचामा एकजना प्रस्तावक र एकजना समर्थक राखी समितिको अध्यक्ष पदको उम्मेदवारको मनोनयन पत्र र मन्जुरीको हिस्सा असार २७ गते ५ बजेसम्म प्रदेशसभा सचिवसमक्ष बुझाइसक्नुपर्नेछ ।
कर्णाली प्रदेश सभामा चारवटा संसदीय समिति छन् । हाल ज्येष्ठताको आधारमा अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका प्रदेशसभा सदस्य अम्मरबहादु थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै सांसद राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठले गर्दै आएका छन् । २०७४ चैतमा विषयगत संसदिय समितिहरु गठन गरिएका थिए ।
2 Reviews
viagra vs cialis vs levitra reviews fdgsevofbldchuncBtjTritaf
viagra 25 or 50? no prescription viagra mastercard generic viagra overnight shipping
viagra professional and super active fdgsevofbldchuncBtjTritad
where can i buy viagra with insurance viagra 100mg viagra india
