सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनबाट २३ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको हो
पछिल्लो २४ घण्टामा डिस्चार्ज भएकामध्ये दैलेखको आठबीस आइसोलेसनका ४ महिलासहित २० जना र प्रदेश अस्पताल सुर्खेतका एक महिलासहित ३ जना रहेका छन् ।यस्तै, शनिबार कर्णालीमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सल्यानका ५ र दैलेखका एक जना रहेको महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।सल्यानका संक्रमितहरू दार्मा गाउँपालिका वडा नं। १, ५ र ६ का ५ जना पुरुष रहेका छन् । त्यस्तै, दैलेखको डुङ्गेश्वर गाउँपालिका(६ का एक जना पुरुष रहेका छन ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४८९ पुगेको छ । त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । हाल २८२ जना आइसोलेसनमा रहेका छन् ।
0 Reviews
